बुधबार, फागुन ९, २०८०

कक्षा १२ को परीक्षा स्थगित गर्नेबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

नेपालखोज २०७८ साउन २३ गते ८:३६

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम कायमै रहेको भन्दै सबैखाले परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । मन्त्रालयको सिफारिसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ।

कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले हिजो सिफारिस गरेको हो । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ ।

मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

प्रतिक्रिया