जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुग्यो
नेपालखोज
२०७८ साउन २३ गते ११:२३

काठमाडौं । जापानले नेपाललाई दिने भनेको १६ लाख डोज एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको विमानबाट बिहान खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।
१६ लाख डोज खोपमध्ये आज झण्डै ४ लाख आइपुगेको छ भने ४ लाख भोलि र बाँकी ८ लाख डोज खोप पनि यही महिनाभित्र आइपुग्ने खोप महाशाखाले जनाएको छ ।
हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाण्डौ आइसकेको छ । कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि सोमबारदेखि खोप अभियान सुरु हुनेछ ।
यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया