शुक्रबार, चैत १६, २०८०

‘ध्यान पुर्‍याएर गरेको काम बिग्रिँदैन’ (भिडियोसहित)

नेपालखोज २०७८ साउन २४ गते ९:११

हाइलाइट्स :

-सुन्दर जीवनका लागि एउटै काम गरे पुग्छ त्यो हो सजगता । प्रत्येक काम होसपूर्वक गर्नुपर्छ । जब होसमा रहनुहुन्छ भने के गर्न हुने, के गर्न नहुने तपाईंलाई थाहा हुन्छ । सजगताको अभ्यासलाई ध्यानको अभ्यास भनिन्छ ।
-मानिसले धरै गल्ती काम गरेको छ भने बेहोसीमै गरेको छ । मानिस गल्ती गर्छ अनि एकछिनपछि पछुताउँछ । मान्छे आफैं बोल्छ अनि एकछिनमै पछुताउँछ किन भने उसले बोल्ने बेलामा होस पुर्‍याएको हुँदैन ।
-ध्यानको अभ्यास गर्ने जीवन अत्यन्त सुन्दर हुन्छ, जीवनमा चौतर्फी सुन्दरता आउँछ । ध्यानको अभ्यास गर्‍यो भने मानिस हरेक कुरामा अब्बल हुन्छ । ध्यान पुर्‍याएर गरेको केही पनि काम बिग्रिँदैन ।

प्रतिक्रिया