ओलम्पिक म्याराथनको स्वर्ण केन्याका किपचोगेलाइ

जापानमा जारी ओलम्पिक प्रतियोगिताको अन्तिम दिन केन्याका एलिउड किपचोगेले स्वर्ण पदक हात पारेका छन् । पुरुष म्याराथनमा आज –आइतबार) बिहान भएको स्पर्धामा धावक किपचोगेले स्वर्ण पदक हात पार्न सफल भएका हुन् । यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि किपचोगेले नैं म्याराथनमा स्वर्ण पदक हासिल गरेका थिए ।
५ हजार मिटरको दौडमा धावक किपचोगेले दोस्रो स्थानमा रहेका खेलाडीलाई एक मिनेट २० सेकेण्डले पछि पारेका थिए । किपचोगेले दुई घण्टा ८ मिनेट ३८ सेकेण्डमा निर्धारित दूरी पूरा गरेका हुन् । उनले सन् २०१८ मा बर्लिनमा भएको म्याराथनमा २ घण्टा एक मिनेट ३९ सेकेण्डको विश्व कीर्तिमान बनाएका थिए ।
३६ वर्षीय किपचोगे ओलम्पिक म्याराथनमा एकभन्दा धेरै स्वर्ण पदक जित्ने तेस्रो खेलाडी भएका छन् । उनलाई पछ्याएका नेदरल्याण्ड्सका अब्दी नागियेले रजत पदक जितेका छन् । बेल्जियमका बसिर अब्दीले २ घण्टा १० मिनेटमा निर्धारित दूरी पूरा गरेर कास्य पदकमा चित्त बुझाएका छन् ।

प्रतिक्रिया