शुक्रबार, वैशाख २१, २०८१

सिभिल लघुवित्तको नयाँ शाखा काठमाडाैंको शेषमतिमा

नेपालखोज २०७८ साउन २५ गते १०:२०

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिकाको शेषमतिमा थप एक वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको संस्थाले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५१ हजार घर परिवारमा पुर्याएको छ ।

प्रतिक्रिया