शुक्रबार, फागुन ११, २०८०

नेता थापाकाे प्रश्न- कक्षा १२ को परीक्षा स्थगित अन्य परीक्षा सञ्चालन, यसको आधार र तर्क के हो ?

नेपालखोज २०७८ साउन २५ गते १२:२८

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को मात्रै परीक्षा स्थगित गरिएको बारेमा सरकारसँग प्रश्न साेधेका छन् ।  

थापाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पाेष्ट गर्दै, अरू परीक्षा सञ्चालन भइरहेका बेला कक्षा १२ को मात्रै परीक्षा स्थगित गरिएको आधार र तर्कबारे जवाफ मागेका हुन् । 

उनले लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन, यसको आधार र तर्क के हो ?’ यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ?’

उनले अन्य परीक्षा पनि स्वास्थ्य मापदन्ड पालन गरेर चलाउनुपर्नेमा जोड दिएका छन् । 

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू कि त स्वास्थ्यका सम्पूर्ण मापदन्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि त वैकल्पिक माध्यामबाट परीक्षा सञ्चालन गर्नुपर्यो ।’

प्रतिक्रिया