संघले भन्यो- श्रमजीवी पत्रकारलाई काेराेना महामारी सुरु भएदेखि हतोत्साहित गरियो

काठमाडौं । श्रमजीवी पत्रकारहरूलाई कोभिड-१९ महामारी सुरु भएदेखि हतोत्साहित गरेको प्रति श्रमजीवी पत्रकार संघकाे पुनःध्यानाकर्षण भएको जनाएको छ ।
संघले आज एक विज्ञप्ति जारी गर्दै गैरकानुनी रूपमा बेतलबी बिदामा राखेको र त्यसको प्रतिकार गर्न खोज्ने वा विभागीय प्रमुखसँग आफ्ना हक अधिकारबारे कुरा उठाउनेलाई हतोत्साहित गर्ने गरेको, कामबाटै निष्कासन गर्ने ध्येयले दरबन्दी नै नरहेका अपायक स्थानमा सरुवा गरिएकोमा संघकाे पुनःध्यानाकर्षण भएको जनाएको हो ।
‘बढी भएका श्रमजीवी पत्रकारलाई सौहार्दपूर्ण तरिकाले सुविधासहित बिदा गर्नुपर्नेमा श्रमजीवी–पत्रकारहरूलाई अपमान गर्ने कार्य कदापि कान्तिपुरजस्तो प्रतिष्ठित सञ्चार गृहका लागि शोभनीय हुँदैन ।’ संघले भनेको छ, कानुनले तोकेका सुविधा पाउनुपर्ने माग गरेबापत न्यायिक प्रक्रियामा जाने श्रमजीवी पत्रकारलाई जबर्जस्ती कामबाट निकाल्ने षड्यन्त्रस्वरूप सरुवा गर्नु न्यायसंगत देखिन्न ।’

प्रतिक्रिया