‘म नेपाल सरकारको कर्मचारी हो मैले राजनीतिक जवाफ दिन हुँदैन, दिनु परे मैदानमै झरेर दिन्छु’
नेपालखोज
२०७८ साउन २५ गते १९:२२

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सरकारलाई स्पष्टीकरण नदिने बताएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै भट्टराईले सरकारले राजनीतिक विषयमा स्पष्टीकरण सोधेकाले त्यसको समाधान राजनीतिक रुपमै खोजिने बताएका छन् ।
भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै गत १९ साउनको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणमा सरकाले गर्नुपर्ने काम इमान्दारिताका साथ नगरी नकारात्मक टिप्पणी गरेको आरोप लगाइएको छ ।
उनले भने, ‘म नेपाल सरकारको कर्मचारी हो । कर्मचारीको हैसियतामा मैले राजनीतिक जवाफ दिन हुँदैन’ र उनले थपे ‘कसैको राजनीतिक कुराको जवाफ त मैदानमा उत्रिएर दिने हो, दिनु परेमा मैदानमै झरेर दिन्छु।’
सम्बन्धित
प्रतिक्रिया