बुधबार, असार १८, २०८२

सुनजस्तो देखिने धातुको बालासहित पक्राउ

नेपालखोज २०७८ साउन २६ गते १६:१५

काठमाडौं । सुन जस्तो देखिने धातुको वाला तीन थानसहित मानिस पक्राउ परेका छन् । आज मंगलबार अन्दाजी ९ः४५ बजे जि रामेछाप रस्नालु गा.वि.स.स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं. ०६ कुमारीगल बौद्ध बस्ने वर्ष २५ को सन्तोष बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई संकास्पद अवस्थामा उभिएकोमा निगरानी गर्दा उक्त सामान बरामद भएको हो ।

प्रहरीका अनुसार बस्नेतले जजिरा एयरलाइन्सको (बिहान अ.०७ः००बजे ल्याण्ड भएको) उडानद्वारा साउदीबाट काठमाडौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई ल्याउन लाएको सुन जस्तो देखिने धातुको वाला थान-३ कुल तौल एक सय ५० ग्राम अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला परिएको हुँदा सुनको बालासहित उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया