बिहीबार, वैशाख २०, २०८१

कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता

नेपालखोज २०७८ साउन २६ गते १६:२१

काठमाडौं । कृृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सम्झौता भएको छ । आज मंगलबार बैंकको एक हजार अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन चार प्रतिशत व्याजदर रहेको ‘कृषि ऋणपत्र’, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबिच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जको तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरेका हुुन् ।

सम्झौता पश्चात कृषि विकास बैंक लि.को ‘कृषि ऋणपत्र’, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ । उक्त अवसरमा बैंकका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एन आई वि.एल एस क्यापिटल लि.का डिपुटी सिईओ मेख बहादुर थापाको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया