सोमबार, फागुन १४, २०८०

‘संविधान त्रुटिपूर्ण छ त्यसलाई सच्याउने काम कांग्रेस आफैंकाे हाे’

नेपालखोज २०७८ साउन २७ गते १३:२४

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दाबी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएका छन् ।

उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कुरा पटकपटक दोहोर्याउने बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाए ।

पार्टी सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिने गरी बाहिर प्रचारबाजी गरिएकोमा उनको आक्रोश थियो । सहमहामन्त्री महतले भने, ‘मैले नबुझेको, भित्र एउटा बहस हुने तर बाहिर पार्टी सभापति सोही पदमा बसिरहन खोजेको भन्ने जस्तो गलत सन्देश जाने खालका प्रचार भईरहेको छ । यो दूर्भाग्यपूर्ण कुरा हो ।’

सहमहामन्त्री महतले पूरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने कुरा कसरी बैैधानिक हुन्छ ? भनि पौडेल पक्षलाई प्रश्न पनि गर्नु भयो । पूरानै प्रतिनिधिबाट पार्टीको केन्द्रिय कार्य समिति चयन गरौं भन्ने पाैडेल पक्षको प्रस्ताव आफैंमा वैधानिक नहुने उनको तर्क थियो ।

प्रतिक्रिया