बिहीबार, वैशाख २०, २०८१

काेराेना महामारी पनि कृषि विकास बैंकको ३ अर्ब ६९ करोड रुपैयाँ खुद मुनाफा

नेपालखोज २०७८ साउन २७ गते १६:३८

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कै अवधिमा कृषि विकास बैंकले आर्थिक वर्ष २०७७/०७८ मा तीन अर्ब ६९ करोड ४४ लाख ७० हजार एक सय ४० रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैकले तीन अर्ब ३३ करोड १७ लाख ३७ हजार पाँच सय ७५ रुपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार आठ सय दुई रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा एक खर्ब ६२ अर्ब ६७ करोड ७२ लाख ६९ हजार नौ सय ३६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५२ अर्ब ८६ करोड २५ लाख चार हजार नौ सय ७५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा आठ अर्ब २६ करोड ४१ लाख ४७ हजार छ सय २२ रुपैयाँ खुुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ८४ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

यस अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ७३ करोड ५० लाख एक हजार छ सय ८२ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४३ अर्ब ६२ करोड ८५ लाख २४ हजार आठ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २१ अर्ब ८४ करोड ९३ लाख ९४ हजार दुई सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा छ अर्ब ७१ करोड ६१ लाख २१ हजार दुुई सय ७२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव ८४ प्रतिसत कर्जा निष्क्रिय रहेको थियोे भने स्प्रेड दर चार दशमलव ४४ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया