शुक्रबार, जेठ ४, २०८१

युवा संघ सुर्खेतले पायो पूर्णता, खड्काको नेतृत्वमा ३५१ सदस्यीय समिति

नेपालखोज २०७८ साउन २८ गते १३:५५

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सुर्खेत कमिटीले पूर्णता पाएको छ । एमालेका केन्द्रीय सचिवालयका सदस्य कमल खड्का (जुनी) को नेतृत्वमा ३५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा वासुदेव आचार्य, उपाध्यक्षमा विक्रम विक, अमृत बुढा, मोहबहादुर रामजाली, समीर शाही र कटकबहादुर शाही छन् । यस्तै सचिवमा रमेश खड्का, सहसचिवमा मनोजकुमार पाण्डे, कमल राना, लेखनाथ बुढा, दीपेन्द्र थाप, दीपेन्द्र शाही नियुक्त भएका छन् । कमिटीको कोषाध्यक्षमा भने नम्रता कार्की नियुक्त भएकी छन् । आफूलाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने तथा महत्त्वपूर्ण सल्लाह-सुझाव दिने, सहयोग गर्ने पार्टीका नेता, राष्ट्रिय युवा संघका केन्द्रीय कमिटीका नेताहरुलगायतप्रति अध्यक्ष खड्काले आभार व्यक्त गरेका छन् ।

यस्तै युवा संघको सचिवालय ३१ सदस्यीय बनाइएको छ । त्यसका लागि तत्काल १६ सदस्य छनोट भएका छन् भने १५ जनालाई केही दिनमै मनोनीत गरिनेछ ।

जिल्लाका सबै स्थानीय तहमा समेत अध्यक्ष र सचिवको जिम्मेवारी पनि तोकिसकिएको अध्यक्ष खड्काले जानकारी दिए । पालिकाअन्तर्गत र वीरेन्द्रनगर नगरपालिका कमिटीको अध्यक्षमा रामु खत्री र सचिवमा विजय थापा मगर, गुर्भाकोट नगरपालिका कमिटीको अध्यक्षमा शंकर गुरुङ र सचिवमा छवि नेपाली, लेकबेंसी नगर कमिटीमा कसम गाहा र सचिवमा युवराज राना, चिंगाड गाउँ कमिटी अध्यक्षमा लालबहादुर चन्द र सचिवमा मोहन राना, पञ्चपुरी नगर कमिटीको अध्यक्षमा भीमराज बुढा र सचिवमा कमल सिँजापती नियुक्त भएका छन् ।

यस्तै चौकुने गाउँ कमिटी अध्यक्षमा कर्ण विष्ट र सचिवमा जनक शाही, बराहताल गाउँ कमिटी अध्यक्षमा उमेश गौतम र सचिवमा जगतबाबु अधिकारी, सिम्ता गाउँ कमिटी अध्यक्षमा वीरेन्द्र सिंह र सचिवमा सूर्य रोकाया र भेरीगंगा नगर कमिटी अध्यक्षमा रमेश शर्मा र सचिवमा सन्दीप पुनमगर नियुक्त भएका छन् ।

यतिबेला नेकपा एमालेको केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीच विवाद जारी रहे पनि सुर्खेतमा युवा संघले आफ्नो संगठन सुदृढीकरण अभियान थालेको हो ।

प्रतिक्रिया