आइतबार, वैशाख १६, २०८१

प्रेग्नेन्सीका दौरान करिना कपुरको सेक्स लाइफ !

नेपालखोज २०७८ साउन २८ गते १६:०१

मुम्बई । बलिउड अभिनेत्री करिना कपुर अहिले मातृत्व सुखमा रमाइरहेकी छन् । उनका दुई छोरा छन्- तैमुर अली खान र जँहागिर अली खान । करिनाले आफ्नो पहिलो पुस्तक ‘करिना कपुर खान्स प्रेग्नेन्सी बाइबल’ को लोकार्पणमा करण जौहरसँग कुराकानी गर्दै आफ्नो गर्भावस्थाका साथै अरु मामिलामा पनि केही रहस्यबाट पर्दा उठाइन् ।

उक्त कुराकानीका क्रममा करण जौहरले करिना कपुर खानसँग प्रेग्नेन्सीपछि उनको सेक्स ड्राइभ र त्यसमा सैफ अली खानको भूमिकाबारे पनि प्रश्न उठाए ।

करण जौहरले करिना कपूर खानसँग भने- तपाईं आफैंले आफ्नो सेक्स ड्राइभ कसरी गुम्यो र श्रीमान् सैफले कसरी ती दिनमा समझदारीपूर्वक आफूलाई साथ दिए भन्ने कुरा बताउनुभयो । प्रेग्नेन्सीका बेला एउटी महिलाको सेक्स लाइफलाई हेर्ने धारणा के हुन ? महिलाले त्यतिबेला के-कस्तो अनुभव गर्छन् ?’

करिना कपुर खान भन्छिन्- त्यस्तो समयमा पुरुषले साथ दिनु धेरै जरुरी छ । त्यति बेला महिलाहरुमा सुन्दर देखिने वा उनलाई कमजोर महसुस गराएर दबाबमा राख्नु हुँदैन । करिना कपुरका अनुसार प्रेग्नेन्सीका बखत यस्तो (सेक्सको) मुड तथा भावना आउँदैन ।

करिना कपुर खानले भनेकी छन्- केही दिन, मैले आफूलाई सुपर अमेजिङ अनि सेक्सी महसुस गरें, मलाई लाग्यो ‘हे भगवान्, म यो बढेको पेटमा निकै हट देखिएकिछु’ । त्यति बेला सैफले पनि भनेका थिए- तिमी सुन्दर देखिएकी छौ ।

प्रतिक्रिया