मंगलबार, वैशाख २५, २०८१

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद मुनाफा ३ अर्ब ६५ करोड

नेपालखोज २०७८ साउन २९ गते १५:०३

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७७/०७८ मा तीन अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब ४२ करोड ३१ लाख ८६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १६ अर्ब २५ करोड ७३ लाख ३० हजार रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा एक खर्ब ७४ अर्ब ५५ करोड ७७ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५६ अर्ब ८९ करोड १८ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा पाँच अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दशमलव ३३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ९९ करोड ३३ लाख १४ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैकले एक खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब आठ करोड २० लाख ९९ हजार रुपैयााँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा पाँच अर्ब ७७ करोड ७६ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ९९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया