आइतबार, वैशाख १६, २०८१

७ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ साउन ३१ गते १७:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार सात अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भदौ एक गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ भदौ २९ गते र ९१ दिने ट्रेेजरीको परिपक्व हुने अवधि विसं २०७८ कात्र्तिक ३० गते तोकिएको छ । यसअघि यही साउन २५ गते राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया