आइतबार, वैशाख १६, २०८१

शर्लिनले खोलिन राज कुन्द्राको रहस्य

नेपालखोज २०७८ साउन ३१ गते २१:३९

मुम्बई । पोर्नोग्राफी भिडियो निर्माणको आरोपमा गिरफ्तार नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रासँगको आफ्नो सम्बन्धबारे जानकारी दिँदै अभिनेत्री शर्लिन चोपडाले कतिपय कुराको रहस्योद्‌घाटन मात्र गरेकी छन् । साथै उनले कुन्द्रामाथि केही आरोपसमेत लगाएकी छन् ।

शर्लिनले आफूले राज कुन्द्राको कम्पनी आर्म्सप्राइमका लागि बोल्ड भिडियोहरु बनाएर त्यसलाई शर्लिनकै नाममा तयार गरिएको एपमा अपलोड गर्ने गरिएको बताएकी छन् ।

राज कुन्द्राले एकपटक आफूसँग आफ्ना बोल्ड भिडियो शिल्पा सेट्टीले हेरेको र उनलाई ती भिडियो निकै मनपरेको कुरा सुनाएको प्रसंग उल्लेख गर्दै शर्लिनले भनेकी छन्, ‘त्यो सुनेर मलाई रमाइलो र खुसी लागेको थियो ।’

राज कुन्द्राको कम्पनी आर्म्सप्राइमबाट व्यवस्थित गरिने शर्लिन चोपडा एपमा शर्लिनका इरोटिक, सेमी न्युड तथा न्युड कन्टेनहरु अपलोड गरिन्थे । शर्लिनका अनुसार उनी आफ्ना कन्टेनको प्रस्तुतिप्रति त्यति सन्तुष्ट थिइनन् । एक समय त उनी राजको कम्पनीसँगको सम्झौताबाटै बाहिर निस्कन चाहन्थिन् । तर राजले उनलाई रोके अनि त्यसका लागि शर्लिनमाथि विभिन्न किसिमका दबाब पनि सिर्जना गरियो ।

शर्लिनका अनुसार राज त्यो सम्झौता किन पनि तोड्न चाहँदैन थिए भने त्यसमा उनले ठूलै रकम लगानी गरिसकेका थिए । राजले यदि शर्लिनले त्यो सम्झौता रद्द गरे एपमा भएका भिडियोहरु अरुतिर प्रयोग गर्ने चेतावनीयुक्त धम्कीसमेत दिएका थिए । शर्लिन भन्छिन्, ‘मैले त्यसमा गम्भीर आपत्ति जनाएकी थिएँ ।’

शर्लिनले राजको एउटा अर्को कम्पनी जेएल स्ट्रिमका लागि पनि बिनाकुनै करार तीनवटा बोल्ड भिडियो सुट गराएकी थिइन् । शर्लिन भन्छिन्, ‘ती भिडियो इरोटिक खालका थिए । एपसम्बन्धी विवादपछि राज आफैंले आग्रह गरेर शर्लिनलाई ती भिडियोमा काम गर्न राजी गराएका थिए । शर्लिनको दाबी छ, ‘राजले उनलाई त्यो कम्पनीमा शिल्पा सेट्टी र उनकी बहिनी शमिता सेट्टीको समेत संलग्नता रहेको बताएका थिए ।

शर्लिनका अनुसार जुन २०२० मै शर्लिन चोपडा एप बन्द गरियो तर फेरि त्यही वर्ष सेप्टेम्बरमा राजले उनीसँग जेएल स्ट्रिमका लागि काम गर्न सम्पर्क गरे । शर्लिनले बिनाकरार तयार गरिएका ती तीनवटा भिडियोको पारिश्रमिक आफूले अहिलेसम्म नपाएको आरोपसमेत लगाएकी छन् । शर्लिन भन्छिन्, ‘राज कुन्द्राले उनलाई हटसटका लागि भिडियो बनाउने प्रस्ताव कैयन्‌पटक दिए पनि उनले हटसट्सका लागि भने भिडियो खिचाइनन् ।

शर्लिन चोपडाले अप्रिल, २०२० मा मुम्बईस्थित जुहू पुलिस स्टेसनमा एक उजुरी दर्ता गराउँदै राज कुन्द्राले आफूसँग शारीरिक सम्बन्ध राख्ने प्रयास गरेको आरोपसमेत लगाएकी थिइन् । राजले उक्त आरोप फिर्ता लिन आफूमाथि दबाब सिर्जना गरेको र यही कुरालाई लिएर मानहानिको मुद्दा दायर गर्ने चेतावनी दिएको कुरा बताउँदै शर्लिन भन्छिन्, ‘त्यसपछि मैले शारीरिक शोषणसम्बन्धी उक्त उजुरी फिर्ता लिएँ ।’

मुम्बई पुलिसको प्रोपर्टी सेलले शर्लिन चोपडासँग राज कुन्द्रा मामिलामा बयान लिइसकेको छ । सोधपुछका क्रममा प्रहरीले शर्लिनसँग राज कुन्द्राको पोर्न भिडियोसम्बन्धी कारोबार, उनको कम्पनीमा काम गर्ने मानिसहरुका साथै काम गर्ने तौर-तरिकाका सम्बन्धमा अनेकौं प्रश्न गरेको थियो । प्रहरी सोधपुछमा शर्लिनले राजको कम्पनीसँग भएको आफ्नो कन्ट्रयाक्ट पेपर पनि देखाएको बताइन्छ ।

प्रतिक्रिया