आइतबार, वैशाख १६, २०८१

ग्लोबल आईएमई बैंकको खुद मुनाफा ४ अर्ब नाघ्यो

नेपालखोज २०७८ साउन ३२ गते १२:५५

काठमाडौं । ग्लोवल आईएमई बैंकको खुद मुनाफा उच्च अंकले बढेको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा चार अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख तीन हजार रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा दुुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा नौ अर्ब तीन लाख ५८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ४२ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ७६ करोड १९ लाख तीन हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले दुई खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९० अर्ब ३३ करोड ६८ लाख ५३ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो ।

उक्त अवधिमा आठ अर्ब २२ करोड २० लाख १३ हजार रुपैयाँ खुुद व्याज आम्दानी गरेको बैकमा एक दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया