शुक्रबार, जेठ ४, २०८१

प्रदेश स्थापना दिवसमा कर्णालीले दियो सार्वजनिक बिदा

नेपालखोज २०७८ भदौ ३ गते ८:५०

सुर्खेत । कर्णाली प्रदेश सरकारले भोलि (भदौ ४ गते शुक्रबार) सार्वजनिक बिदा दिने भएको छ । आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा त्यहाँको सरकारले सार्वजनिक बिदा दिन लागेको हो ।

प्रदेश सरकारको २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा भदौ ४ गते प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने सूचना गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए ।

२०७२ साउन २३ देखि भदौ ४ गतेसम्म सञ्चालन भएको आन्दोलनले नेपालको कान्छो प्रदेशका रुपमा कर्णाली प्रदेश स्थापना गरेको थियो ।

प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादुर बीसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो । उनीहरुको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा सहिद दिवस मनाउँदै आएको छ । -रासस

प्रतिक्रिया