शुक्रबार, जेठ ४, २०८१

बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्‍सिन : कति डोज, कसरी लगाउने ?

नेपालखोज २०७८ भदौ ५ गते १८:५२

भारत सरकारले जायडस क्याडिलाको जायकोभ-डीलाई आपत्‌कालीन प्रयोग गर्न अनुमति प्रदान गरेको छ । यो भ्याक्सिन १२ देखि १८ वर्ष उमेर समूहका लागि उपयुक्त मानिन्छ ।

नयाँदिल्ली । भारत सरकारले जायडस क्याडिला कम्पनीको कोरोना भ्याक्‍सीन जायकोभ-डी लाई ‘इमरजेन्सी युज’ का लागि अनुमति प्रदान गरेको छ । भारतको औषधि नियामक निकाय डीसीजीआईले उक्त अनुमति दिएको हो । यो भ्याक्सिन १२ वर्ष देखि १८ वर्ष उमेर समूहका टिनएजरका साथै ठूला मानिसहरुलाई पनि दिन सकिने बताइएको छ । यो डीएनए बेस्‍ड संसारकै पहिलो भ्याक्‍सिन भएको दाबी गरिएको छ । कोभ्याक्‍सिनपछि जायकोभ-डी भारतमा निर्मित दोस्रो कोरोना भ्याक्‍सिन हो । भारतमा एस्टेजेनिकाको बेलायती भ्याक्सिन पनि उत्पादन हुन्छ ।

नयाँ कुरा के छ भने बालबालिकाहरुमा यो भ्याक्सिन सुईको माध्यमबाट होइन कि इन्जेक्‍टरका माध्यमबाट शरीरमा पठाउन सकिनेछ । यसमा पीडा हुँदैन भन्दा पनि हुन्छ । त्यसैले यो भ्याक्सिन बालबालिकाहरुअनुकूल रहेको बताइँदै छ । यो भारतमा अनुमति पाउने छैटौं भ्याक्‍सिन हो ।

क-कसले लगाउने जायकोभ-डी ?
यो भ्याक्सिन १२ देखिमाथिका जुनसुकै व्यक्तिलाई दिन सकिनेछ । जायकोभ-डीको प्रयोगबाट एउटा ठूलो उमेर समूहले राहत पाउने निश्‍चित छ ।

कति डोज दिने ?
अरु भ्याक्‍सिन दुई डोज दिइए पनि जायडस क्याडिलाको जायकोभ-डी तीन डोज दिनुपर्ने भ्याक्‍सिन हो । जायकोभ-डी अरु भ्याक्‍सिनभन्दा किन पनि अलग छ भने यो संसारको पहिलो डीएनए आधारित भ्याक्‍सिन हो । बाँकी अन्‍य भ्याक्‍सिन एम-आरएनए आधारित छन् । यद्यपि यी भ्याक्‍सिन को लक्ष्‍य एउटै हुन्छ भाइरसबाट सुरक्षा । तैपनि यिनको काम गर्ने तरीका केही अलग हुन्छ । प्लाज्मिड डीएनएमा आधारित जाइकोभ-डी निडल-फ्री इन्जेक्टरबाट दिइन्छ । यसमा तिखो सुई घोपिरहनु पर्दैन ।

कति सुरक्षित छ जायकोभ-डी ?
जायडस क्याडिलाले यो भ्याक्सिन भारतको बायोटेक्‍नोलोजी विभागसँगको पार्टनरसिपमा तयार गरेको हो । हजारौं मानिसमा सफल परीक्षणपछि भारत सरकारले जायकोभ-डीलाई मान्यता दिएको बताइन्छ । दाबी गरिएअनुसार यो पूर्णत: सुरक्षित छ ।

कति प्रभावकारी ?
२८ हजारभन्दा बढी मानिसमा गरिएको प्रयोगमा जायकोभ-डी ६६ दशमलव ६ प्रतिशत सफल पाइएको थियो । पहिलो वर्ष यो भ्याक्सिनको १० देखि १२ करोड डोज बनाउने तयारी छ । यद्यपि यो भ्याक्‍सिन कहिलेदेखि उपलब्ध हुन्छ केही बताइएको छैन ।

जायकोभ-डी को मूल्य कति ?
यो भ्याक्सिनको मूल्यका सम्बन्धमा पनि कुनै पनि कुरा सार्वजनिक गरिएको छैन । निजी अस्‍पतालहरुमा यो भ्याक्‍सिन अन्य भ्याक्सिनसरहको मूल्यमा पाइन सक्छ । भारतमा अहिले विभिन्‍न भ्याक्‍सिन ७०० देखि १५०० भारुमा उपलब्ध हुँदै आएका छन् ।

प्रतिक्रिया