बिहीबार, वैशाख ६, २०८१

१ हजार ९२० संक्रमित थपिए,२४ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ ६ गते १७:२४

काठमाडौं । नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४४३ जनाको पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित देशभर हालसम्म संक्रमण पुष्टि हुनेको संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ । सोही अवधिमा २४ संक्रमितको ज्यान गएको मन्त्रालयको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा देशभर २ हजार २४८ जना संक्रमणमुक्त भएका छन् । यो सहित देशभर कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ पुगेको छ । अझै देशभरका विभिन्न अस्पतालहरुमा ६ सय ८१ जनाको सघन उपचार कक्ष तथा १ सय ६९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया