बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ मा थप ५ सय ३४ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७८ भदौ ६ गते २०:२३

काठमाडौं । प्रदेश नं १ मा थप ५ सय ३४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

१ हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ७० र ७ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणका आधारमा झापामा एक सय ४३, मोरङमा १ सय १२ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९३, इलाममा सात, पाँचथरमा तीन, सङ्खुवासभामा दुई, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा एक–एक र प्रदेशबाहिरका ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा प्रदेशमा ३ सय ६२ जना संक्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १ सय ५७ महिला र २ सय ५ पुरुष छन् । प्रदेशमा पछिल्लो चौबीस घण्टामा तीन महिलासहित ६ जनाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया