शुक्रबार, चैत १६, २०८०

‘पुरुषलाई घरबाहिर एक्लै निस्कन प्रतिबन्ध लगाउनुपर्छ’

नेपालखोज २०७८ भदौ ९ गते १४:२०

हाइलाइट्स :

-पाकिस्तानमा पुरुषहरुलाई एक्लै घर बाहिर निस्कन दिनु हुँदैन : बेनजिर भुट्टोकी छोरी
-बख्तावर भुट्टो जर्दारी भन्छिन्- महिला सुरक्षाका लागि ‘जरूरी’ छ ।
-पुरुषको साथमा महिला भएपछि दुर्व्यवहारका घटनामा कमी आउनेछन् ।

इस्लामाबाद । पाकिस्तानमा महिलाहरुको स्थिति अझैं सुध्रनुपर्ने आवश्यक देखिएको छ । अपहरण, धर्मांन्तरण तथा दुष्कर्म पाकिस्तानमा महिलाविरुद्ध हुने प्रमुख हिंसा (अपराध) हुन् । यस्तोमा महिलाहरुको सुरक्षाको विषयमा बेनजिर भुट्टोकी छोरीले एउटा फरक सुझाव प्रस्तुत गरेकी छन् ।

पाकिस्तानमा पुरुषहरु एक्लै घर बाहिर निस्किए भने महिलालाई खतरा छ । यो आफैंमा ठूलो जोखिमको कुरा हो- यो धारणा पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारीकी छोरी बख्तावर भुट्टो जर्दारीको हो । जियो न्युजका अनुसार बख्तावरले भनेकी छन्- पुरुषहरुलाई एक्लै भिडमा जाने अनुमति दिनु हुँदैन । त्यस्तो बेला उनीहरुका साथ दिदी-बहिनी, आमा, श्रीमती वा छोरीमध्ये कोही हुनैपर्छ । बख्तावर भुट्टोले आफ्नो यो बयानलाई महिलाहरुको सुरक्षासँग सम्बन्धित बताएकी छन् ।

भुट्टोले आफ्नो उक्त भनाइको सफाइमा एक ट्‌विट पनि गरेकी छन् जसमा उनले भनेकी छन्- ‘महिलाहरुका विरुद्ध लगातार बढिरहेको हिंसा र दुर्व्यवहारका घटना हेर्दा योभन्दा राम्रो समाधान वा विकल्प अरु केही हुँदैन ।’ बख्तावर भुट्टोले भनेकी छन्- जब पुरुषहरुका साथ कुनै नातेदार महिला हुन्छिन् तब उसले कुनै महिलाप्रति दुर्व्यवहार गर्नुअघि हजारौंपटक सोचविचार गर्नेछ । भुट्टोले पहिले पनि सार्वजनिक स्थलहरुमा पुरुषमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरिसकेकी छन् ।

प्रतिक्रिया