आइतबार, वैशाख ३०, २०८१

गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने

नेपालखोज २०७८ भदौ ११ गते १०:५९

काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गइरहेको छ ।

तर, विश्वमा फैलिरहेको महामारी कोरोना भाइरसले गर्दा गत वर्षमा जस्तै भौतिक दुरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न हामीले सम्पुर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न गइरहेका बैंकले जनाएको छ ।

बैंकका अनुसार टिकटक प्रतियोगितामा नेपाल भित्र रहेका सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नेछन् । यो प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउनु हुँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गीत अथवा ववकन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने छ ।

यस पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट गरिने छैन । यस प्रतियोगिताको विजेताले नौ हजार उप–विजेताले छ हजार र तेस्रो हुनेले तीन हजाार रुपैयाँ जित्नेछन् भने एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले दुुई हजार रुपैयाँ जित्नेछन् ।

विजेताको घोषणा भिडियोमा आउने लाइकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ ।

हामीले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरुलाई हाम्रो फेसबुक र बेबसाईटमा राखेको छौं । ईच्छुक महिला टिकटकरहरुले यही भदौ १० गतेदेखि भदौ २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar र #Garimabikasbank ह्यास ट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नेछन् ।

प्रतिक्रिया