शनिबार, वैशाख २२, २०८१

के हाे आईएसआईएस अर्थात खोरासान गुट ?

नेपालखोज २०७८ भदौ ११ गते ११:२५

काठमाडाैं । इरान, तुर्कमेनिस्तान तथा अफगानिस्तानकाे सीमानामा खोरासान नामकाे एउटा क्षेत्र छ । उक्त क्षेत्रमा सन् २०१२ मा स्थानीय लडाकुहरुले एउटा गुट बनाएका थिए ।

सन् २०१४ मा याे गुट आईएसआईएस प्रति आकर्षित भयाे र उनिहरु इस्लामिक स्टेटकाे अभियानमा सामेल भए । आईएसआईएसका करीब २० वटा गुट छन जसमा खोरासान गुटलाई सबै भन्दा खतरनाक मानिन्छ । दक्षिण एशियामा खोरासानकाे नेटवर्क मजबूत छ ।

आईएसआईएसकाे खोरासान समूह अहिले सर्वाधिक सक्रिय छ । याे संगठनले तालिबान छोडने लडाकुहरु लाई आफ्नो संगठनमा भर्ती गर्दै आएकाे छ ।

तालिबान छोडेर आउने लडाकुहरु लाई यसले साेझै कमान्डर बनाइदिन्छ । आईएसआईएस खोरासान समूहले उज्बेकिस्तान , ताजिकिस्तान, वीगर तथा चेचेन्याका युवाहरुलाई भर्ती लिन्छ । खोरासान गुट अफगानिस्तानलाई नयाँ अखडा बनाउने प्रयासमा छ ।

आईएसआईएस खोरासान गुटकाे गठजोड अलकायदासँग छ । याे समूहमा अलकायदाबाट प्रशिक्षित लडाकुहरु पनि छन । तालिबानकाे दुश्मन शक्ति काबुल एयरपोर्टमा हिजाे बिहिवार गरिएकाे आत्मघाती हमलाका लागि जिम्मेवारहरु अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित छन् ।

याे एउटा आतकंकारि संगठन हाे जसलाई इस्लामिक स्टेट खोरासान ( आईएसआईएस – के ) का रुपमा चिनिन्छ । हालका महीनाहरुमा आईएसआईएस के बाट भएका हमलाकाे गतिबाट धेरै मानिसहरु चिन्तित छन् ।

आईएसआईएस के काे स्थापना छ वर्ष पहिले भएकाे हाे र सत्ता तथा प्रभुत्वकाे लडाईमा यसले तालिबानलाई आफ्नो प्रमुख प्रतिद्वन्दी वा दुश्मन मान्छ ।

द गार्जियनको एक रिपोर्ट अनुसार आईएसआईएस – के काे मान्यता अनुसार अफगानिस्तानकाे राजनितिमा तालिबानले अमेरिका समक्ष आत्मसमर्पण गरेकाे छ ।

अमेरिकासँग कुराकानि गर्न चाहनु , पर्याप्त कठोरताका साथ इस्लामीक कानून लागू गर्न नचाहनु तथा अन्य कतिपय ब्यबहारले तालिबानिहरुले इस्लामिक विश्वास त्यागिसकेकाे ठहर इस्लामिक स्टेट खोरासानकाे छ ।

प्रतिक्रिया