आइतबार, वैशाख ३०, २०८१

नेप्सेमा‘आरविवि म्युचुअल फण्ड १’को कारोबार कहिलेबाट ?

नेपालखोज २०७८ भदौ ११ गते १७:१८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना ‘आरविवि म्युचुअल फण्ड १’ नामको योजना नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचीकृत भएको छ ।

प्रतिइकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई अर्थात एक अर्ब २५ करोड रुपैयाँ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बंैकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिक्रिया