शनिबार, वैशाख २२, २०८१

कहाँबाट आयो कोभिड-१९ ? रोकियो डब्ल्यूएचओको खोज !

नेपालखोज २०७८ भदौ ११ गते १८:२४

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको उत्पत्तिको रहस्य पत्ता लगाउन चीन पठाएका अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले उनीहरुको खोज-अनुसन्धान रोकिएको कुरा बताएका छन् ।

उनीहरुले यो रहस्यको पर्दा उठाउने बाटाहरु पनि बन्द हुँदै गएको जानकारी दिएका छन् । यसबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनमार्फत कोरोना भाइरसको उत्पत्तिसम्बन्धी अनुसन्धानको खुफिया समीक्षा पनि निर्णयहीन साबित भएको छ ।

वासिंटन पोस्टमा प्रकाशित समाचारअनुसार खुफिया समीक्षामा यो भाइरस जनावरबाट मानिसमा सर्‍यो कि चीनको प्रयोगशालाबाट यसको प्रसार भयो भन्ने विषयमा कुनै निर्णय हुन सकेन । जर्नल नेचरमा प्रकाशित डब्ल्यूएचओका विशेषज्ञहरुको अर्को टिप्पणीमा भनिएको छ- हामी कोरोना भाइरसको उत्पत्तिसम्बन्धी जाँचको अहम् मोडमा छौं । यतिबेला हामीलाई सहयोग र साझेदारीको आवश्यकता छ तर त्यसको मूल स्थानमा रहेको गतिरोध कायमै छ । उनको संकेत अन्य कुराका साथ चिनियाँ अधिकारीहरुले अहिले पनि बिमारिको गोपनीयताको हवाला दिँदै केही तथ्यांक दिन अनिच्छा प्रकट गरिरहेको सन्दर्भप्रति छ ।

वुहान गएको टिम
स्मरण रहोस् २०२१ को सुरुवाततिरै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विशेषज्ञहरुको टिम वुहान पठाएको थियो । जहाँ डिसेम्बर २०१९ मा कोरोना भाइरसबाट मानिस संक्रमित भएको पहिलो घटना सार्वजनिक भएको थियो ।

डब्ल्यूएचओको टिमका कारण कारणले यो महामारी फैलियो जसका कारण अहिलेसम्म संसारभरका करिब ४५ लाख मानिसले ज्यान गुमाउनुपर्‍यो । अर्बौं मानिसले खोप लगाए पनि किन अहिले पनि संसारमा दैनिक दश हजार जस्तो मानिस मरिरहेका छन् भन्ने कुरा पत्ता लगाउन चाहन्थ्यो ।

यस्तो थियो आशंका
डब्ल्यूएचओका विशेषज्ञहरुको एउटा विश्लेषण गएको मार्चमा सार्वजनिक भएको थियो जसमा कोरोना भाइरस जानवरबाट मानिसमा सरेको आशंका गर्दै प्रयोगशालाबाट भाइरसको प्रसारको सम्भावना धेरै कम भएको कुरा बताइएको थियो । विशेषज्ञहरुले उक्त रिपोर्टलाई प्रारम्भिक रिपोर्ट बताएका थिए । अहिले उनीहरु भनिरहेका छन्, ‘यो अहम् विषयको जाँचको अवसर समाप्त हुँदै गइरहेको छ । यसमा कुनै पनि किसिमको ढिलाइले जैविक पक्षको कतिपय अध्ययनलाई लगभग असम्भव बनाइदिन्छ ।’
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया