शनिबार, वैशाख २९, २०८१

इन्भेस्टर्स फोरमको अध्यक्षमा ढकाल, लम्साल प्रथम उपाध्यक्ष

नेपालखोज २०७८ भदौ १२ गते १४:०१

काठमाडौं । तुल्सीराम ढकालको अध्यक्षतामा नेपाल इन्भेस्टर्स फोरममा नयाँ कार्यसमिति चयन भएको छ ।

कोभिड संक्रमणको जोखिमको कारण भर्चुअल माध्यमबाट फोरमको १६औं साधारणसभा शनिबार भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा राजन लम्साल चयन हुँदा फोरमका अर्का उपाध्यक्षमा अञ्जिब तुलाधरले जिम्मेवारी पाएका छन् ।

यस्तै दुर्गा तिवारी महासचिव बन्दा विश्वेश्वर सुवेदी सचिव र हरिचन्द्र खनाल कोषाध्यक्ष चयन भए । फोरमको कार्यसमिति सदस्यमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ र सिर्जना सुवेदी छन् ।

प्रतिक्रिया