शुक्रबार, वैशाख २१, २०८१

काबुल विमानस्थलमा पुन: हमला हुनसक्ने बाइडेनकाे चेतावनी

नेपालखोज २०७८ भदौ १३ गते १०:५०

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा पुन हमला हुन सक्ने चेतावनी दिएका बीबीसीले जनाएकाे छ । बाइडेनले अमेरिकी कमान्डरहरूले आफूलाई चाँडोमा आइतबार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई खतरा रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ । अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ ।

ब्रिटेनले भने आफ्ना सैनिकहरू र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ । गत बिहीवार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा कम्तीमा १७० जनाको ज्यान गएको थियो । बीबीसी

प्रतिक्रिया