शनिबार, वैशाख २९, २०८१

आईसीएफसीका ग्राहकलाई एसबीआई बैंकको सुविधा

नेपालखोज २०७८ भदौ १३ गते २०:५७

काठमाडौं । नेपाल एसबिआई बैंक र आईसीएफसी फाईनान्सबिच सम्झौता भएको छ ।

बैंकका अनुसार आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन उक्त सम्झौता भएको हो ।

सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स पेमेन्ट, डकुमेन्ट अगेन्स असेप्सन, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।

नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमित श्रेष्ठबिच उक्त सम्झौता आदान प्रदान भएको हो ।

प्रतिक्रिया