शनिबार, जेठ ५, २०८१

पेरुमा डुंगा दुर्घटना हुँदा २० जनाको मृत्यु

नेपालखोज २०७८ भदौ १४ गते १७:१८

पेरु । पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ । घटनामा परि अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेजन क्षेत्रको हुल्लाग नदिमा डुंगा दुर्घटना भएको आरपीपी रेडियोले समाचार प्रसारण गरेको छ । बाक्लो कुहिरोका कारण चालकलाई गन्तव्य पहिचान गर्न समस्या भएपछि डुंगा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

दुर्घटना भएका बेला विमानमा झण्डै ८० यात्रु रहेको अनुमान गरिएको छ । ‘पर्याप्त उज्यालो नभएकाले चालकलाई डुंगा संचालन गर्न समस्या भएर डुंगा दुर्घटना भएको हो,’ दुर्घटनामा परी बाँचेका एक व्यक्तिले भने ।

बेपत्ता भएका यात्रुहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको र खोजी कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेकाले मृतकको संख्या पनि बढ्न सक्ने खोजी कार्यमा खटिएकाहरुले बताएका छन् । रासस/एएनआई

प्रतिक्रिया