बिहीबार, जेठ १०, २०८१

६ वर्षमा लाग्यो आशा लघुवित्त

नेपालखोज २०७८ भदौ १५ गते १४:३९

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । पाँचौ वार्षिकोत्सवका अवसरमा संस्थाका अध्यक्ष बद्रीप्रसाद दुलालले शुभकामना सन्देश दिँदै संस्था उचाइमा पुर्‍याउन प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुर्‍याउने नियामक निकाय, सञ्चालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ता, ग्राहक सदस्य, कर्मचारीलगायतलाई धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्तले ‘विपन्न समुदायका निम्ति आशा‘ भन्ने मूल नाराका साथ ककनी ६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ बाट कारोबार थालेको हो ।

संस्थाले अहिले आफ्ना ५५ शाखा कार्यालयमार्फत ६५ हजारभन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै चार अर्बभन्दा बढी कर्जा प्रवाह गर्नुका साथै एक अर्ब ३२ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया