शनिबार, जेठ ५, २०८१

पेरुमा बस दुर्घटना, २ बालबालिका सहित ३२ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ १६ गते १३:४८

काठमाडौं । पेरुमा ६३ जना यात्रु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा परि दुई बालबालिका सहित ३२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

पेरुको राजधानी लीमाबाट ६० किलोमिटर पुर्व कारेटेराको साँघुरो सडकमा गुडिरहेको बस चट्टानमा ठोकिंएर दुर्धटना भएको हो । बस करिब २ सय मिटर तल खसेको छ । दुर्घटना लगत्तै केहीलाई भने उद्धार गरिएको थियो । तिव्र गतीका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया