बुधबार, वैशाख १९, २०८१

न्यायालयलाई स्रोत साधनयुक्त बनाउनुपर्छ : कृष्णचन्द्र पोखरेल

नेपालखोज २०७८ भदौ १७ गते १३:४४


काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिएका छन् ।
जिल्ला अदालत कास्कीले गरेको स्वागत कार्यक्रममा उनले अदालतको भौतिक संरचनाका साथै जनशक्ति चुस्तदुरुस्त भए न्यायिक प्रक्रिया छिटोछरितो हुने विश्वास व्यक्त गरे ।यस्तै उनले शासन व्यवस्थाको प्रत्याभूति गराउने न्यायालयका सुदृढीकरणमा राज्यले चासो दिनुपर्नेमा जोड दिए ।

अदालतको भौतिक सुधार र जग्गा व्यवस्थापनका लागि सक्दो पहल गर्ने मुख्यमन्त्री नेपालीले जानकारी दिए।

यस्तै जिल्लाका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईले अदालतको वस्तुस्थितिका बारेमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउँदै जिल्ला अदालतमा मुद्दाको चाप बढेकाे भन्दै नयाँ भवन बनाउन जग्गाको खोजी भइरहेको बताए ।

अहिले सर्वोच्च अदालतले भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरेको र जग्गा प्राप्ति भएमा थप बजेट निकासा गराउन सकिने उनको भनाइ छ ।

सो अवसरमा प्रदेशमा प्रमुख सचिव डा दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, जिल्ला न्यायाधीशहरु, श्रेस्तेदार, तहसिलदारसहित अदालतका कर्मचारी सहभागी रहेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालले जानकारी दिए। रासस

प्रतिक्रिया