आइतबार, वैशाख २३, २०८१

बेलायतमा कोरोना संक्रमणको दर अझ बढ्न सक्ने

नेपालखोज २०७८ भदौ १८ गते १४:२०

लन्डन । बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना संक्रमणको दर अझ बढ्नसक्ने बताएकाे छ ।

शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताएका हुन् । उनले भनेका छन् कि, अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको संक्रमणको अवस्था घटेको भए पनि आगामी साता यहाँका विद्यालय खुल्ने भएका छन्

ती विद्यालय खुलेपछि सयौं हजार बालबालिका विद्यालय जाने भएका छन् । यसबाट देशमा कोरोना भाइरसको संक्रमणको दर बढ्नसक्ने देखिएको मन्त्री ग्याभिन विलियम्सले बताएका हुन् ।

उनले विद्यालय खुला भएपछि ती सबै विद्यालयका शिक्षक, बालबालिका तथा अरु कर्मचारीलाई पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताएका छन् ।

उनले भने, ‘यसैकारणले हामीले बढी भन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरिएको पहिलेका तुलनामा परीक्षणको कामलाई तीव्र बनाइएको छ ।’ रासस

प्रतिक्रिया