शनिबार, वैशाख २२, २०८१

भारतमा दैनिक सङ्क्रमण मुक्त हुने दर घट्यो

नेपालखोज २०७८ भदौ १८ गते १४:५६

दिल्ली । भारतमा कोरोना भाइरस संक्रमण मुक्त हुने दर घटेको छ । त्यहाँ दैनिक सङ्क्रमितको संख्या भन्दा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या घट्न थालेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार ७९१ जना मात्रै सङ्क्रमण मुक्त भएका छन् ।

सोही अवधिमा ३६६ जनाको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकको सङ्ख्या अघिल्लो दिनको भन्दा थोरै हो । सङ्क्रमण सबैभन्दा धेरै केरला राज्यमा फैलिएको छ । देशभरीको बाँकी भागमा भन्दा केरला राज्यमा अत्यधिक धेरै रहेको देखिएको छ ।

सरकारी अधिकारीले दिएको पछिल्लो विवरणअनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ३२ हजार ९७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतमा अहिलेसम्म चार लाख ३९ हजार ८९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २९ लाख तीन हजार २८९ पुगेको छ । ती मध्ये तीन लाख ९९ हजार ७७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया