आइतबार, वैशाख २३, २०८१

‘के अमेरिका कायर भएकै हो ?’

नेपालखोज २०७८ भदौ १९ गते १६:३५

चेक रिपब्लिकका राष्ट्रपति मिलोस् जेमानले उक्त कदमले अमेरिकामा कायरताको छाप लागेको टिप्पणी गरेका छन् । उनी भन्छन्, ‘विश्व राष्ट्रको नेतृत्व गर्ने अमेरिकाले आफ्नो प्रतिष्ठा गुमाएको छ ।’

पेरिस । फ्रान्स र अमेरिका पुराना मित्र राष्ट्र हुन् । तर अमेरिकाले अफगानिस्तानबाट नेटोसहितका आफ्ना सेनाहरू फिर्ता लैजाने घोषणा गरेका दिनदेखि भने सम्बन्धमा चिसोपन आएको विश्लेषण गरिएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा आफ्नो सहयोगी गठबन्धनसँग छलफलै नगरेको विषय विवादास्पद हुँदै गएको छ । लन्डनदेखि बर्लिनसम्म जो बाइडेनलाई अफगानिस्तानले हनिमुनका बेला गुलियो खानेकुरा दिँदा तीतो घोलेर दिएझैं भएको विश्लेषण गरिएको छ ।

अहिले नेटोमा अमेरिकासहित ३६ देशका सेना र तीनचौथाइ अमेरिकी गैरसैनिक छन् । तर अफगानिस्तानबाट निस्किँदा यी सबै सैनिक निकाल्ने काम अमेरिकाको नेतृत्वमा भयो । अफगानिस्तानमा विभिन्न देशका सैनिक रहे पनि अमेरिकाको बढी प्रभुत्व भएकाले अहिलेसम्म नेटोका सेनालाई पनि अमेरिकी सेना नै भनिँदै आएको थियो । तर कुनै पनि राष्ट्रसँग समन्वय नगरीकन गरेको अमेरिकी कदमले ऊसँगको भरोसा गर्ने ठाउँ नभएको युरोपेली राष्ट्रहरूले निष्कर्ष निकालेका छन् ।

जर्मनीको कन्जरभेटिभ पार्टीका नेता आर्मिन लासेतले अमेरिकाले अफगानिस्तानबाट सेना निकाल्नु नेटोको स्थापनापछि सबैभन्दा ठूलो हारको अनुभव भएको टिप्पणी गरेका छन् । जर्मनी सेना पनि अमेरिकाको पछि लागेर अफगानिस्तानबाट फिर्ता भएका छन् ।

अफगानिस्तानको सत्ताकब्जा गर्नेबित्तिकै तालिबानले अमेरिकालगायत पश्चिमा देशका सैनिक अगस्त ३१ तारिखसम्म फिर्ता लैजान डेडलाइन दिएको थियो । अमेरिकाले पनि एक साताभित्रै सबै सैनिक फिर्ता गरेको थियो ।

चेक रिपब्लिकका राष्ट्रपति मिलोस जेमानले उक्त कदमले अमेरिकामा कायरताको छाप लागेको टिप्पणी गरेका छन् । उनी भन्छन्, ‘विश्व राष्ट्रको नेतृत्व गर्ने अमेरिकाले आफ्नो प्रतिष्ठा गुमाएको छ ।’

स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ट्सले जो बाइडन राष्ट्रपति भएर आउँदा धेरैभन्दा धेरै अपेक्षा गरिएको तर अहिले त्यो यथार्थ नभएको पुष्टि भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘अमेरिका इज बैंक नाराअनुसार हाम्रो सम्बन्ध जुगजुग हुनुपर्थ्यो, तर त्यो हुन सकेन । बाइडेन राष्ट्रपति भएको थोरै समयमै सम्बन्धमा प्रश्न चिह्‌न लागेको छ ।

जर्मनीमा गरिएको एक अध्ययनअनुसार बाइडेन राष्ट्रपति भएपछि विश्व मामिलामा ७९ प्रतिशत योगदान गर्ने अपेक्षा गरिएको थियो । यस्तै फ्रान्सले पनि जर्मनीकै जस्तो आशा गरेको थियो । तर यी दुवै शक्ति राष्ट्रको सपना अमेरिकाका कारण चकनाचुर भएको विश्लेषण गरिएको छ ।

यता प्रान्ससहित धेरै युरोपेली राष्ट्रहरूले डोनाल्ड ट्रम्पको बिदाइसँगै अमेरिकासँगको पुरानो सम्बन्धले निरन्तरता पाउने आशा गरेका थिए । तर पुरानो राम्रो सम्बन्ध अब जीवित नरहेको फ्रान्सले टिप्पणी गरेको छ । अमेरिकासँगको त्यो सम्बन्ध अब दोहोरिन धेरै वर्ष लाग्ने फ्रान्सको दाबी छ ।

स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ट्स भन्छन्, ‘अमेरिका इज बैंक नाराअनुसार हाम्रो सम्बन्ध जुगजुग हुनुपर्थ्यो, तर त्यो हुन सकेन । बाइडेन राष्ट्रपति भएको थोरै समयमै सम्बन्धमा प्रश्न चिह्‍न लागेको छ ।

अमेरिका अफगानिस्तानबाट बाहिरिएपछि राष्ट्रपति बाइडेनले दोस्रो देशको पुनर्निर्माणका लागि आगामी दिनमा अमेरिकी सेना नपठाउने प्रतिक्रिया दिएका थिए । बाइडेनको यो भनाइले ट्रम्प प्रशासनको ‘अमेरिका फर्स्ट’ नीति बल्झाइदिएको युरोपेली संघमा आबद्ध राष्ट्रहरूको ठहर छ ।

युरोपेली संघमा आबद्ध राष्ट्रहरूले अफगानिस्तानबाट सेना निकाल्नुअघि र पछि पनि अमेरिकाले वार्ता गर्न नखोज्नु अमेरिकाको कमजोरी भएको औंल्याएका छन् । युरोपेली संघका विदेशनीति प्रमुख जोसेफ बोरेलका सल्लाहकार प्रोफेसर नचाली टोची भन्छन्, ‘अमेरिकाले विभिन्न देशबाट सेना निकालिरहेको छ । हामीलाई चिन्ता भइरहको छ । ’युरोपेली संघले अमेरिकालाई सुरक्षित राख्न यो कदम ठीक भए पनि बाँकी देशका लागि ठीक नभएको जनाएको छ ।

फ्रान्सका पूर्वमन्त्री लुएजोले ब्रिटेन र जर्मनी जस्ता देशहरूले पनि सुरक्षाका लागि अमेरिकाप्रति भरोसा गरेको उल्लेख गरेका छन् । तर अमेरिकी नीति बदलिएपछि आफू पनि डराएको लुएजो बताउँछन् ।

पछिल्लो समय अफगानिस्तानको विषय अमेरिका र युरोपबीच उच्च विन्दुमा गएको छ । अमेरिका र युरोपबीचका अरु सम्बन्धमा आँच आउने विषयहरू पनि रहेका छन् । विवादास्पद रुपले युरोपका सामानमा ट्रम्पको कार्यकालमा लगाइएको व्यापारिक कर वर्तमान राष्ट्रपति बाइडेनद्वारा नहटाइनु, युरोपेली संघसँग वार्ता नगरीकन कोभिड भ्यासिक्न पेटेन्टमा राहत दिने घोषणा गर्नु र युरोपेली देशमा महामारीका बेला लगाइएको प्रतिबन्ध नहटाउनुलगायत विषयले अमेरिका र युरोपेली संघबीच सम्बन्ध थप चिसिँदै गएको छ । -बीबीसी

प्रतिक्रिया