आइतबार, वैशाख २३, २०८१

अफगानिस्तानमा महिलाहरूकाे प्रदर्शन

नेपालखोज २०७८ भदौ २० गते १२:०९

काठमाडौं । अफगानिस्तानमा महिलाले सरकारमा सहभागिताको माग उठाएका छन् ।

तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएपछि आफ्नो अधिकारका लागि देशको राजधानीमा आयोजना गरेको एउटा प्रदर्शनलाई तालिबानीहरूले बिथोलिदिएका थिए ।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पेपर स्प्रे प्रहार गरेको बताएका छन्।

तालिबानले उक्त प्रदर्शन नियन्त्रणबाहिर गएको बताएको छ।

काबुलसहित अफगानिस्तानको हेरात सहरमा महिलाहरूले प्रदर्शनहरू गर्दै आएका छन्।

प्रदर्शन गरिरहेका महिलाहरूले घरबाहिर काम गर्न दिइनुपर्ने तथा सरकारमा सहभागी गराइनुपर्ने माग राखेका थिए। बीबीसी

प्रतिक्रिया