आइतबार, वैशाख २३, २०८१

भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता !

नेपालखोज २०७८ भदौ २० गते १९:१०

काठमाडौं । एक अनुसन्धानअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै एक नम्बर लोकप्रिय नेतामा परेका छन् । उनलाई लोकप्रिय नेताका रुपमा ७० प्रतिशत अंक प्राप्त भएको छ । विश्वका १३ नेतामध्येमा मोदी पहिलो नम्बरमा पर्न सफल भएका हुन् ।

अमेरिकाको ‘ग्लोबल लिडर अप्रुभल ट्रयाकर मर्निङ कन्सल्ट’ नामको संस्थाले गरेको सर्भेमा मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेन, जर्मनीकी चान्सलर एन्जिला मार्केलसहित विश्वका ठूला नेताहरूलाई पछाडि पारेका छन् ।

विश्वका लोकप्रिय नेताको दोस्रो नम्बरको सूचीमा मेक्सिकोका राष्ट्रपति एन्द्रेस मेनुअल देखिएका छन् । मोदीपछि एन्द्रेस मेनुअल लोपेज ओब्राडोर ६४ प्रतिशत अंक तालिकाका साथमा दोस्रो स्थानमा छन् ।

यस्तै इटालीका प्रधानमन्त्री मारियो द्रेगी ६३ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो स्थानमा छन् । जर्मन चान्सलर एन्जेला मार्केल ५२ प्रतिशतका साथमा चौथो स्थानमा छन् । यस्तै अमेरिकाका राष्ट्रपति जो बाइडन ४८ प्रतिशतका साथमा नेताहरूको लिस्टमा पाँचौं स्थानमा छन् ।

No description available.

सन् २०२०, जनवरीदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंक तालिकामा पहिलो हुँदै आएका छन् । भर्खरैको अनुसन्धन अनुसार १३ जना विश्वका लोकप्रिय नेतामध्ये ६ जनाको रेटिङ स्केल शून्य छ । १३ जना विश्वप्रसिद्ध नेताहरू अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, फ्रान्स, जर्मनी, भारत, इटाली, जापान, मेक्सिको, दक्षिण कोरिया, स्पेन, बेलायत र अमेरिकी देशका हुन् ।

विश्वका नेताहरूको लोकप्रियता कायम गर्न मर्निङ कन्सल्ट नामको संस्थाले विश्वका ११ हजारभन्दा बढी मानिससँग अन्तर्वार्ता लिने गरेको छ ।

प्रतिक्रिया