शुक्रबार, वैशाख १४, २०८१

एलन मस्कको कम्पनी स्पेस-एक्स अन्तरिक्षको अर्को उडानका लागि तयार

नेपालखोज २०७८ भदौ २१ गते २०:३१

इस्पिरेसन-४ ले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा भएको नासाको प्याड ३९ ए बाट उडान भर्नेछ ।

काठमाडौं । एलन मस्कको कम्पनी स्पेस-एक्सले यही सेप्टेम्बर १५ मा फ़्लोरिडाबाट इस्पिरेसन-४ लन्च गर्दै छ । टेक विलिनियर एलन मस्कको स्पेस-एक्सले आफ्नो पहिलो स्पेस मिसनको तयारी पूरा भएको जनाएको छ । यो मिसनमा अन्तरिक्षको उडानका लागि आमनागरिकलाई सामेल गरिँदै छ । इस्पिरेसन-४ ले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा भएको नासाको प्याड ३९ ए बाट उडान भर्नेछ ।

एलन मस्क स्पेस-एक्स कम्पनीका सीईओ हुन् । यो कम्पनीले गत फेब्रुअरीमै आफ्नो यो स्पेस मिसनको घोषणा गर्दै त्यसको तयारी सुरु गरेको थियो । यो एउटा च्यारिटी बेस्ड मिसन हो । जसमा चारजना सामेल हुँदै छन् ।

यो यात्रामा स्पेस-एक्सको क्रू ड्रेगन क्याप्सुलले प्लानेटको चक्कर लगाउनेछ । तीन दिनको अन्तरिक्ष यात्रापछि ड्रेगन क्याप्सुल पृथ्वीमा फर्कनेछ । यो अन्तरिक्ष उडानको अवतरण फ्लोरिडानजिकको समुद्रमा हुने बताइएको छ ।

एलन मस्कको कम्पनी स्पेस-एक्सले यही सेक्टेम्बर १५ मा फ़्लोरिडाबाट इस्पिरेसन-४ लन्च गर्दै छ । यो मिसनमा अन्तरिक्षको उडानका लागि आमनागरिकहरुलाई सामेल गरिँदै छ ।

प्रतिक्रिया