शनिबार, जेठ ५, २०८१

विद्युत् महसुल अब महालक्ष्मीबाट तिर्न सकिने, ५ सयभन्दा कम महसुल तिर्दा सेवाशुल्क नलाग्ने

नेपालखोज २०७८ भदौ २२ गते १२:०१


काठमाडौं । देशका विभिन्न स्थानमा रहेका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत् महसुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ ।
बैंकका अनुसार आईतबार भएको सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुुन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरु जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महसुल बैंकको मोवाइल बैंकिङमार्फत वा बैंकको काउन्टरमा नै उपस्थित नभई भुक्तानी गर्न सक्नेछन् । सम्झौता अनुसार सेवाग्राहीले मासिक पाँच सय रुपैयासम्मको विद्युत् महसुल भुक्तानी गर्दा कुनै पनि सेवाशुल्क तिनुपर्दैन भने पाँच सय एक रुपैयाँ भन्दा माथी पाँच लाख रुपैयाँसम्मको महसुल भुक्तानीमा भने पाँच रुपैयाँ मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।
महालक्ष्मी बिकास बैंक र नेपाल विद्युतप्रधिकरण बिच भएको यस प्रकारको विद्युत् महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया