‘बीपी कोइरालाको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’
नेपालखोज
२०७८ भदौ २४ गते ९:२४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् ।
जननायक बीपी कोइरालाको १०८औं जन्मजयन्तीका अवसरमा आज एक सन्देश दिँदै उनले स्व कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर समीक्षाको विषय बन्नुपर्ने बताए ।
महामन्त्री डा. कोइरालाले कांग्रेसको १४औं महाधिवेशने प्रक्रिया सञ्चालन भइरहेको अहिलेको महत्वपूर्ण समयमा स्व कोइरालाको स्मरण गरिरहँदा पार्टीलाई थप एकता, विश्वास एवं लोकतान्त्रिक अभ्यासको बाटोमा अग्रसर गराएर मुलुकको राजनीतिलाई सहि गति दिँदै ‘सुखी र समृद्ध नेपाल’ निर्माण गर्न सकेमात्र उनीप्रति श्रद्धाञ्जलि हुने बताए ।
सम्बन्धित

प्रतिक्रिया