नेकपा (एकीकृत समाजवादी) को भेला गण्डकी प्रदेशमा

नेपालखोज २०७८ भदौ २४ गते १४:४६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ ।

भेलामा प्रदेशअन्तर्गतका जिल्लामा संगठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् ।

पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । यही भदौ २६ गते गोरखा जिल्लामा पनि संगठन विस्तारका लागि बैठक राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अलग भएर हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनवर्गीय संगठन निर्माण गरिरहेको छ ।

प्रतिक्रिया