शुक्रबार, वैशाख १४, २०८१

‘मुलुकको परराष्ट्र सम्बन्ध बलियो बनाउन साझा धारणा आवश्यक’

नेपालखोज २०७८ भदौ २५ गते १६:५२

काठमाडाैं । परराष्ट्रविद्हरुले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

परराष्ट्रविद् ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्कीलगायतका विज्ञहरुले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गरे । पूर्वराजदूतसमेत रहेका आचार्यले अन्य देशको अस्वभाविक प्रभाव र दबाबलाई थेगेर मुलुकलाई अघि बढाउन राजनीतिक दलहरुले समान धारणासहितको परराष्ट्र नीति ल्याउन ढिलाइ गर्न नहुने स्पष्ट पारे ।

कार्यकारी निर्देशक कार्कीले अमेरिकाले अफगानिस्तानमा लिएको रणनीति फेल खाएको निष्कर्ष समेत निकालेका थिए । कार्यक्रममा विज्ञहरुले भारतसँगको खुला सीमा पनि नेपालको राष्ट्रिय सुरक्षाका लागि चुनौतीको विषय रहेको औंल्याएका थिए ।

प्रतिक्रिया