शनिबार, वैशाख १५, २०८१

७१ अंकले नेप्से बढ्दा ९ अर्ब ४४ करोडको कारोबार

नेपालखोज २०७८ भदौ २७ गते १५:४४

काठमाडौं । नेप्सेको सुरुवाती कारोबार दिन सुखद देखिएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ७१ दशमलव ४३ अंकले बढेर दुई हजार नौ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव तीन अंकले बढेर पाँच सय ४८ दशमलव २९ अंकमा पुगेको छ ।

दुई सय ३१ वटा कम्पनीहरुको ९६ हजार पाँच सय ९१ पटकको कारोबारमा एक करोड ७१ लाख तीन सय ३३ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा आज कुल कारोबार रकम नौं अर्ब ४४ करोड ३५ हजार दुई सय ४४ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज सामूहिक लगानी कोष समूहरुको सूचक घटेर बाँकी समूहरुको सूचक उच्च अंकले बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक २४ दशमलव दुई अंकले बढेर १९ सय ५६ दशमलव ४३ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक दुई सय १३ दशमलव ५४ अंकले बढेर तीन हजार पाँच सय ६७ दशमलव ९४ अंकमा चढेको छ ।

यसैगरी निर्जिवन बिमा समूहको सूचक पनि चार सय २४ दशमलव ७७ अंकले बढेर १३ हजार चार सय २० दशमलव ७६ अंकमा चढेकोमा जीवन बिमा समूहहरुको सूचक पनि दुई सय ९७ दशमलव ७१ अंकले बढेर १६ हजार चार सय ८० दशमलव २१ अंकमा चढेको छ ।

यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहरुको सूचक पनि बढेका छन् ।

आज अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर छ सय ५५ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा सिटिजन्स म्युुचुअल फन्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ५८ प्रतिशतले घटेर १० रुपैयाँ ५१ पैसामा कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय ३५ रुपैयाँ १० पैसामा ७३ करोड ७७ लाख आठ हजार छ सय ८५ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया