सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा ओली सहभागी नहुने
नेपालखोज
२०७८ भदौ २८ गते १०:४५

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका बोलाइएको बैठकमा ओली सहभागी नहुने भएका हुन् ।
बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने बताइएको छ ।आज बस्ने सर्वदलिय बैठकमा एमालेबाट सुबास नेम्वाङ सहभागी हुने बताइएको छ । सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी थिएनन् ।
सम्बन्धित

प्रतिक्रिया