शुक्रबार, वैशाख १२, २०८२

आज भदौ २९ देखि मकर राशिमा शनि र गुरु एकसाथ, यी ग्रहको तपाईंमा पर्ने प्रभाव

नेपालखोज २०७८ भदौ २९ गते ५:५२

ज्योतिषशास्त्रमा गुरुलाई ज्ञानी ग्रह मानिन्छ । यो धनु र मीन राशिको स्वामी ग्रह हो । कर्क राशिमा यो उच्च अनि मकर राशिमा नीच मानिन्छ । आज १४ सेक्टेम्बर (भदौ २९ गते मंगलबार) देखि गुरु मकर राशिमा प्रवेश गर्दै छ जहाँ पहिलेदेखि नै शनि विराजमान छ । मकर राशिमा दुई ग्रहको यो जोगको केही राशिमा शुभ प्रभाव पर्नेछ भने केही राशिका स्वामीको कष्ट बढ्न सक्छ । यो स्थिति २१ नोबेम्बरसम्म रहनेछ अर्थात् यी दुई ग्रह मंसिर ५ गतेसम्म एक साथ रहनेछन् । हेरौं मकर राशिमा शनि र गुरु एकसाथ रहँदा विभिन्न राशिमा पर्ने प्रभाव :

मेष : करियरमा उपलब्धि हासिल हुनेछ । कार्यक्षेत्रमा प्रशंसित भइनेछ । व्यापार वा नोकरीसम्बन्धी यात्राबाट धन लाभ हुने प्रवल सम्भावना छ । नोकरीमा पदोन्नति पनि हुन सक्छ । खर्च बढ्ने देखिए पनि आम्दानी पनि राम्रो रहनेछ । स्वास्थ्य उत्तम रहला ।

वृष : भाग्य वृद्धि हुनेछ । नोकरीको खोजी पूरा हुन सक्छ । आर्थिक रूपले समयअनुकूल देखिन्छ । लाभ हुने अनेकन अवसर जुट्नेछन् । विवाहितहरुका लागि समय अझ अनुकूल छ । लगानीको योजना बन्न सक्छ ।

मिथुन : आर्थिक दृष्टिले समय कष्टकर छ । आर्थिक मामिलामा सचेत रहनुहोला । नोकरीमा सफलता पाउन कठिन परिश्रम गर्नुपर्नेछ । यो कसैलाई उधारो दिने वा कसैबाट उधारो लिने समय होइन । स्वास्थ्य उत्तम रहनेछ ।

कर्कट : समय राम्रो छ । करियरमा लाभ प्राप्त गर्ने राम्रो अवसर प्राप्त हुनेछ । आम्दानी वृद्धि हुनसक्छ । परिवारका सदस्यहरुसँगको सम्बन्ध सुमधुर रहनेछ । व्यापारमा लाभ प्राप्त होला ।

सिंह : नोकरी पेसामा भएकाहरुले मिश्रित परिणाम हात पार्लान् । कार्यक्षेत्रमा कामको चाप रहनेछ । कुनै पनि किसिमको वाद-विवाद बाटटाढै रहनुहोला । नयाँ सम्बन्धका लागि समयअनुकूल छैन । आर्थिक पक्ष मजबुत राख्न विशेष प्रयास गर्नुपर्नेछ ।

कन्या : कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ । व्यापारबाट धन लाभ हुनेछ । अचल सम्पत्तिबाट पनि लाभ लिन सकिएला । जीवनसाथीसँगको सम्बन्ध प्रेमपूर्ण रहने देखिन्छ ।

तुला : समयअनुकूल रहनेछ । व्यवसायबाट लाभ प्राप्त हुने योग छ । स्वास्थ्यसम्बन्धी समस्या सिर्जना हुन सक्छ । सतर्क रहनुहोला । वाद-विवादबाट टाढै रहनु पर्नेछ ।

वृश्चिक : विभिन्न समस्या सिर्जना हुन सक्छन् । कार्यस्थलमा जिम्मेवारी बढ्न सक्छ । आर्थिक पक्षमा केही सुधार आउनेछ । काममा सफलता प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला ।

धनु : धन सञ्चयमा विशेष ध्यान जानेछ । निजी जीवनमा केही समस्याको सामना गर्नुपर्ने हुन सक्छ । कसैसँग
झगडा पनि हुन सक्छ, सतर्क रहनुहोला । सफलताका लागि बढी मिहिनेत गर्नुपर्ला ।

मकर : क्रोध बढ्नेछ । कार्यस्थलमा कसैसँग वाद-विवाद होला । धैर्यपूर्वक काम सम्पन्न गर्नुपर्नेछ । मागंलिक कार्यमा अवरोध सिर्जना हुन सक्छ । लगानीका लागि समयअनुकूल छ । आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोला ।

कुम्भ : खर्च बढ्न सक्छ । आर्थिक रूपले समय कष्टदायक रहने देखिन्छ । कसैबाट धोखा पनि हुने सम्भावना छ । नोकरी परिवर्तनका लागि समय उपयुक्त छ । कार्यक्षेत्रको काम सावधानीपूर्वक सम्पन्न गर्नुपर्ला ।

मीन : कार्यक्षेत्रमा शुभ परिणाम प्राप्त हुन सक्छ । जिम्मेवारी निर्वाह गर्न सफल रहनुहोला । तपाईंको कामको प्रशंसा हुन सक्छ ।

प्रतिक्रिया