बिहीबार, वैशाख १३, २०८१

क्यामरुनमा भिडन्तमा परि १३ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ २९ गते १६:१३

काठमाडौं । क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरुमा परी कम्तीमा नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ । साथै ती भिडन्तहरुमा परेर चार जना पृथकतावादी पनि मारिएका छन् ।

प्राप्त समाचारअनुसार यहाँका पृथकतावादीहरुले पछिल्लो हप्ता गरेको आक्रमण र त्यसमा सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएका छन् । उक्त एंगोलोफोनमा यहाँका पृथकतावादीहरुले पछिल्लो चार वर्षयता हिंसात्मक विद्रोह गरिरहेका छन् ।

सो क्षेत्रमा यहाँको सेनाले पनि कारबाहीको प्रक्रिया जारी राखेको बताइएको छ । उनीहरुले यहाँ अलग्गै राज्यको माग राखेर पृथकतावादी आन्दोलन चलाइरहेका छन् ।

प्रतिक्रिया