बिहीबार, वैशाख १३, २०८१

सेप्टेम्बरमा सार्वजनिक नयाँ गाडीका मूल्य कति ?

नेपालखोज २०७८ भदौ ३० गते ६:५८

काठमाडौं । यो सेप्टेम्बर अटो मार्केटका लागि खास रहनेछ । किनभने आगामी केही साताभित्र केही ठूला अटो कम्पनीका कार लन्च हुँदै छन् । यसमा भक्सवागनको मोस्ट अवोटेड Taigun देखि लिएर एमजीको Astor सम्म बजारमा आउने तयारीमा छन् ।

फेस्टिभ सिजनभन्दा ठीकअघि लन्च हुन लागेका यी कार ग्राहकहरुको पर्खाइमा छन् । यस क्रममा विभिन्न कम्पनीले आफ्ना गाडीलाई लेटेस्ट फिचर र दमदार इन्जिनले सुसज्जित गरेका छन् ।

एमजी Astor
एमजी मोटर्सले आफ्नो नयाँ एसयूभी एमजी Astor लाई यही महिना बिक्रीमा उतार्दै छ । मिड साइजको यो एसयूभी पर्सनल एआई असिस्टेन्सले सुसज्जित छ । यसमा एउटा सानदार फिचर छ । जसले मानिसको जस्तो भावना र आवाजमा काम गर्छ । यो पर्सनल एआई विकिपिडियाका साथै हरेक विषयमा पूरा जानकारी दिन सक्षम छ ।

एमजी Astor को यो पर्सनल एआईलाई निकै खास बताइएको छ । यसलाई कारको ड्यासबोर्डमा फिट गरिएको छ । यसका साथमा एउटा स्क्रिन पनि रहनेछ । यसले भ्वाइस कमान्डमा काम गर्छ । यो विभिन्न प्रश्नको जवाफ दिनका साथै आफ्नो निर्देशनअनुरुप सनरुफ खोल्ने र बन्द गर्नेजस्ता कैयन् काम गर्न सक्षम छ । एमजीको यो पर्सनल एआई अमेरिकी कम्पनी स्टार डिजाइनले तयार गरेको हो ।

हुन्डाई i20 N Line
Hyundai i20 N Line परर्फमेन्स केन्द्रित गाडी हो । यसको एक्सटिरियरमा नयाँ ग्रिल एन लाइन लोगोका साथ टू-टोन बम्पर प्लस रेड इन्सर्ट्स छ । यसमा १६ इन्चको अलोय, रेड फ्रन्ट ब्रेक क्यालिपर्स, रियरमा गाढा रङको क्रोम ट्रिटमेन्ट, ट्‌विन एग्जस्ट डिफ्युजर र रियर स्पाइलर पनि प्राप्त हुन्छ । यसको इन्टिरियरलाई ब्ल्याक लुक दिइएको छ ।

यसमा रेड एक्सेन्ट र एम्बियन्ट लाइटिङका साथ एउटा नयाँ सिट अपहोल्स्ट्री, नयाँ थ्री स्पोक स्टियरिङ तथा नयाँ लेदर गियर नाब पनि पाइन्छ । यसको डीसीटी अटोमेटिक भर्सनमा पाइडल सिफ्टर्स पनि प्राप्त हुन्छ । यसको फिचर आई-२० को मापदण्डअनुरुप छ । यसमा डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, १६ ओटीपी म्याप अपडेट पनि संम्लग्न छ ।

यसको मुख्य आकर्षण परफर्मेन्स बिट हो । यसको इन्जिन १२० बीएचपी १.० टर्बो पेट्रोल इन्जिन हो । हुन्डाई i20 N Line को गियरबक्स एक आईएमटी क्लचलेस म्यानुअल वा डीसीटी अटोमेटिक छ । पुरानो आई-२० को तुलनामा यसको स्पोर्टियर एक्जस्ट नोट र सस्पेनसन परिवर्तन गरिएको छ। यसलाई स्पोर्टियर ड्राइभिङ अनुभव का लागि अपग्रेड गरिएको बताइएको छ । यसमा अल राउन्ड डिस्क ब्रेक पनि छ जसले गर्दा नयाँ आई-२० को ब्रेकिङमा सुधार आएको पाइनेछ ।

किया Seltos X Line
कियाको Seltos X Line यो महिनाको अन्त्यसम्ममा लन्च हुन सक्छ । यसमा साइनिङ ब्याक ग्रिल रहनेछ भने हेडलाइटमा खासै परिवर्तन देखिने छैन । यसको फ्रन्ट बम्परमा पनि सुधार ल्याइएको छ । Seltos X Line को डिजाइन र लेआउट धेरै हदसम्म पहिलेको जस्तै छ । यो एसयूभीमा एप्पलको कारप्ले तथा एड्रोइड अटोका साथ यूभीओ कनेक्टेड कार सिस्टमयुक्त १०.२५ इन्चको टचस्क्रिन डिस्प्लेजस्ता फिचर समावेश छन् ।

यो गाडीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, सनरुफ, एयर प्युरिफिकेसन सिस्टम, बोस साउन्ड सिस्टम आदि पनि दिइएको छ । कियाको Seltos X Line मा १.४ लिटरको टर्बोचार्ज्ड पेट्रोल मोटर तथा १.५ लिटर डिजल इन्जिन जडान गरिएको छ । यसको १.४ लिटरको जीडीआई टर्बो पेट्रोल इन्जिनले १३८ बीएचपीसम्मको पावर र २५० एनएमसम्मको टर्क जेनेरेट गर्न सक्छ । त्यसका अतिरिक्त यसको १.५ लिटरको सीआरडीआई डिजल इन्जिनले ११३ बीपीएचसम्मको पावर र २५० एनएमसम्मको टर्क जेनेरेट गर्छ ।

भक्सवागन Taigun
जर्मनीको अटो ब्रान्ड भक्सवागनको मोस्ट अवोटेड Taigun पनि यहि महिना बजारमा आउँदै छ । यसको क्याबिनमा डुअल टोन ब्ल्याक र ग्रे कलर तथा सेन्टर स्टेजमा १० इन्चको इन्फोटेनमेन्ट डिस्प्ले उपलब्ध हुन्छ ।

Taigun मा हवादार फ्रन्ट सिट, इलेक्ट्रिक सनरुफ, एलईडी हेडल्याम्प, क्लाइमेट कन्ट्रोल टाइप-सी यूएसबी पोर्ट आदि सुविधा जडान गरिएको छ । यो एसयूभीमा स्टोरेज पकेट, सेन्ट्रल आर्मरेस्ट तथा टू-टोन फेब्रिक र फक्स लेदर अपहोल्स्ट्री पनि पाइन्छ । Taigun दुई टर्बोचार्ज्ड पेट्रोल इन्जिन १-लिटर टीएसआई र १.५-लीटर टीएसआई का साथ तयार गरिएको छ । यसले ११३ बीएचपी र १७५ एनएमको टर्क जेनरेट गर्छ । यसको अर्को इन्जिन १.५ लिटर ४ सिलिन्डर ट्रर्बो पेट्रोल इन्जिन हो र यसले १५० पीएसको अधिकतम पावर र २५० एनएमको पिक टर्क जेनरेट गर्छ ।

यी दुवै इन्जिनका लागि ६ स्पिड म्यानुअल र १.० लिटर युनिटको एउटा टर्क कन्भर्टर अटोमेटिक उपलब्ध हुन्छ । यो एसयूभी ६ स्पिड म्यानुअल र ७ स्पिड डीएसजीका साथ आउनेछ । भक्सवागन Taigun को अन्तर्राष्ट्रिय बजार मूल्य १६ लाख जति हुन सक्छ ।

000

प्रतिक्रिया