बिहीबार, वैशाख २०, २०८१

सुनकाे मूल्य छ सय रूपैयाँले बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ भदौ ३० गते १०:५५

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला छ सय रूपैयाँले बढेर ९१ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन ९० हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि छ सय रूपैयाँले नै बढेर ९० हजार सात सय रूपैयाँ कायम भएकाे छ । हिजो तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । चाँदी आज तोलाको १ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार पनि चाँदी १ हजार दुई सयमा नै काराेबार भएकाे थियाे ।

प्रतिक्रिया